Friday, May 27, 2011

तिम्रो मेरो बासुरिको धुन मिल्यो क्यार
एक्लै बसी टोलाई हेर्ने जुन मिल्यो क्यार

मुस्कान दिन राजी छैनउ भन्ने कतै सुन्न पुगे
हास्न छोडि अथीत सम्झी रुन मिल्यो क्यार

पिउछौ नशा कती पिउछौ रित्तिसके बोतलहरु
फेरी कुनै ढुक्ढुकिलाई छुन मिल्यो क्यार

छैन रइछन संसारमा स्यविमानिहरु कतै
सबैलाई स्यार्थिवादी हुन मिल्योउ क्यार

Tuesday, November 23, 2010

Gajal

ओठभरि मुस्कान ल्यायौ साथमा तिमी पनि आयौ
धेरै आए जिन्दगीमा तिमी मनको धनी आयौ

सपनीमा बिपनीमा संगै रोयौं सगैं हासौं
जनमजनम तिमीलाई नै साथ दिन्छु भनी आयौ

सुटुक्क मन चोर्‍यौ थाहै नपाई दिलमा बस्यौ
मायाको बीउ छर्न जिन्दगीलाई खनी आयौ

खोज्दै थियौ आकाशमा ताराहरु बिच मलाई
लुकी-लुकी तारासगै चन्द्रमालाई गनी आयौ

तिमीसंगै बाचौँ लाग्यो तिम्रै काखमा मरौँ लाग्यो
मेरो जिन्दगीको यात्रा आज तिमी बनी आयौ

Friday, September 17, 2010

Gajal

अस्तित्वको पहिचान ढल्यो जिउनै पर्यो जिन्दगी

नसा – नसा गल्छन यसै जिउनै पर्यो जिन्दगी


बलात्कृत आमा रोइन झेलभित्र बाबु ढले

द्वन्द्वरुपी आगो बल्यो जिउनै पर्यो जिन्दगी


कुटिए दाईहरु लुटीए सारा पहिचानहरु

देशबिहिन पीडा जल्यो जिउनै पर्यो जिन्दगी


देश फिर्ने आसाहरु बटुल्नलाई वर्षौ बित्यो

सरकारले छल्नु छल्यो जिउनै पर्यो जिन्दगी


नयाँ देश भेष भाषा अङ्गालनलाई जीवन पुग्यो

फेरि बेग्लै आसा फल्यो जिउनै पर्यो जिन्दगी

Tuesday, August 3, 2010

गजल

घाम पानीलाई मिसाएर बोल्यौ सुस्तरी
एकै पटक रिसाएर बोल्यौ सुस्तरी

शिशिर र बसन्तलाई अलग्यायौ कतिकति
अनि तातो चिसाएर बोल्यौ सुस्तरी

जुन ताराको वर्णनन गरी बेचैन गर्यौ धर्तीलाई
दीयोको प्रकाश घिसाएर बोल्यौ सुस्तरी

सम्झना, बिर्सना दुबै एकै पटक बोल्यौ
फेरि सत्य पिसाएर बोल्यौ सुस्तरी

हरियाली र मरुभूमिको दुरीलाई नियालिरह्यौ
बल्ल पिडा बिसाएर बोल्यौ सुस्तरी

Sunday, January 24, 2010

गजलहरु

Gajal
हास्छु भन्थे अथीत सम्झी रुन बाध्य छु
वियोगी भई तिम्रो तस्बिर छुन बाध्य छु

बाध्यताबस ओडरभित्र भुमरिले छोपिदियो
उज्यालोको प्रतिक सम्झी खोज्न जुन बाध्य छु

बात गर्छन् घरी घरी तिम्रा आवाज हृदयमा
विवश भई खोज्न सरगमको धुन बाध्य छु

सम्पत्तिको निम्ती लड्ने स्वार्थी छ यो समाज
समाजको स्वार्थको निम्ती खोज्न सुन बाध्य छु

बिन्ती आसु नखसालिदेउ खोतालिन्छ अझ घाऊ
तिम्रो अघी लाचार भई पराइकी हुन बाध्य छु

Gajal
अन्धकार पर्खालभित्र आँफैलाई नलुकाउ
जिउनु अझ बाँकी छ आफ्नो शिर नझुकाउ

प्रतिशोधका भावना तछाड मछाड गर्दै छन
प्रिथ्वी नै ध्वस्त हुन्छ यसलाई नफुकाउ

देखावटी हासोमा हास्न वाध्य भए पनि
झर्न देउ ति आसुलाई आँखैभित्र नसुकाउ

आगो माझ मुटुलाई बजारेर आज्ञा गर
अन्योल भित्र घातहरुलाई बेहोसिमा नउकाउ

चिच्यावट स्वरहरु मौन भए के फरक भो
अघी तिमी बड्नै पर्छ कुनै मौका नचुकाउ

Gajalन
नओईली झरेर नै नफलेर हास्न सके
नअङ्गाली मृत्‍युलाई नचलेर हास्न सके

पलपल आयौ सपनिमा सताइरयो तिम्रो याद्ले
नखोलेर सारा सत्य नछलेर हास्न सके

पोलिमात्र रयो मुटु आगोको राफ आई
नछुटेर आगोबाट नजलेर हास्न सके

लत्याएर आँफैलाई पत्थरसग प्रस्न सोध्दै
ननिभी गए आशाहरु नबलेर हास्न सके

अस्विन कल्पनालाई माटो मुनी छोपिदिई
नमाथी उढेर नै नडलेर हास्न सके

Gajal
चर्को घामको स्पर्समा सित्को कुरा गर्‍यौ
घातहरुको बिचमा उभी प्रितको कुरा गर्‍यौ

गजलका शेरहरु उठाउदै थियौ तिमी
आदा गजल नटुङ्ग्याउदै गीतको कुरा गर्‍यौ

आफु हार सुम्पिनलाई पछी पछी सर्दै थियौ
लम्किएर एकै पाइला जितको कुरा गर्‍यौ

पाइला पिछे सफलताको कामना लिदै थियौ
पहिलो पटक ठेस लाग्दैमा नितको कुरा गर्‍यौ

द्वन्दबिन बोलिहरु तछाड मछाड गर्दै थिए
समाजको बिचमा उभी रितको कुरा गर्‍यौ

गजल

कहिले काही अथित सम्झी भित्र भित्रै रुन्छ यो मन
विवशताले छोपिदिदा पागल किन हुन्छ यो मन

बसन्तको बहरलाई अन्तै कतै लुकाइ राख्दा
मरुभुमी नहेर्नलाई आफ्नै आँखा थुन्छ यो मन

संसारलाई नियालेर प्रगतिहिन जीवन देख्दा
मर्न देखी डराएर ढुक्ढुकिलाई छुन्छ यो मन

कही कतै हल्ला चल्यो आखिर नजिक जानै पर्ने
बिद्रोहिको कुरालाई निहालेर सुन्छ यो मन

निरन्तर बगिरहने खोला हेरी टोलाएर
अनेक थरी प्रस्नहरु हृदयमा बुन्छ यो मन

Gajal
यो मुटुमा आज किन अनायसै घात भयो
सबैसग असह्य नमिठो बात भयो

रगत सबैको रातो नै छ रमाउने सब्को मन छ
तर किन समाजमा सानो ठुलो जात भयो

असत्यको बिरुद्दमा बोल्दै थियो कोही
एक टुङ्याउन नपाई शव्द कसैबाट लात भयो

लछारेर सत्यलाई जित गर्‍यो असत्यले
सत्यता रुखवाट झरेको पात भयो

अन्धकारले छोपिदियो पीडित माथि आज पनि
दिन पनि परीवर्तन भई औसिको कालो रात भयो

म मरेपछी (कबिता)
म मरेपछी
बिलिनेछन मेरा गजलका टुक्राहरु
हावा आफ्नै सुरमा सुस्ताइरहने छ
उसै गरी चम्कने छन ताराहरु,
घाम्का झिल्काले त्यस्सै गरी पोल्छन होला
सेतो कत्रोमा बेरिएको मेरो शरीर
बास्को चितामा तेर्सिने छ
लाम लागेका मलामिसगै
सुस्त सुस्त घाट तर्फ
छुट्टै पहिचान लिएर
पुग्छ होल मेरो शरीर
म मरेपछी
पोलिनेछु आगोको झिल्काहरुले
खरानीहुनेछन मेरा नसा नसा
अनी मकिनेछन मेरा हडिहरु,
बिस्तार् बिस्तार् ध्वस्त हुनेछ मेरो शरीर
खरानी भएर बिलिनेछ माटो सगै
त्यहिबाट अन्त्य हुनेछ मेरो जिन्दगि
म मरिपछी

गजल(उमा गौतम)

बिरहको संसारभित्र दिल लुकायौ कि
रमाउदै छौ मुठिभित्र खिल लुकायौ कि

पूजा, जप, धुप देखी धेरै टाडा रहनलाई
टपरिमा राखिएको तिल लुकायौ की

शाहीदको रगतको तस्बिर खिच्न डराएर
क्यामराको ब्यट्रीसगै रिल लुकायौ की

तर्सिएर बैरी देखी दुर भागी भागी
कपडाले शरीरको निल लुकायौ कि

विश्वासमा अल्झाएर सौदा गर्नेहरु
पैसा तिर्न आतिएर बिल लुकायौ कि

SUN RISES (Poem)

Sun rises when moon is omitted
Spreading its ray with unlimitted
Simply great warmness appeared by hurting
It followed and followed again by trusting

Sun rises carring noticable survay
with its strength and powerful ray
It attract on every front and rear
Seeking amazing joy near and near

Sun rises being the world's reaches
I promised to follow what it teaches
I realize the distance and spaces between us
But also to catch him every things I rush

Sun rises sharing priceless pleasure
Being the king of king and natural leader
I hide humanity with its poweful massage
I hide it with world and even with own image

Sun rises being the key of the world
Negleting brightest star and darkful clouds
It helps me to rejoice on my every way
But now from me it goes far away and away


MISSING HEART

With the humble effort of love
You crack my heart currently I observed
It is lampless in your absence
I lost might privacy with own experience

Rememberance encourage me on reasult and begain
Why I am missing my heart again and again

I am unable to acced any things due to whisper
Time and time I am bearing macco lacture
Lampless crowded me on result and begain
Why I am missing my heart again and again

It's me a looser and a dreamer
Caring lots of desire searching for brighter
Full of madness appeared on result and begain
Why I am missing my heart again and again



गजल
सच्चा पुत्र हुँ म भनी उठ्यौ पिएर खुनलाई
हारी हारी डल्यौ अनी आट्यौ झस्किएर रुनलाई

दोदारमा पर्यौ अनी त्यसै जालमा अल्झिन गयौ
पदभ्रस्ट भ्रस्ट पार्छु भनी उठ्यौ आकाश छुनलाई

पछारिएर मैदानमा अन्दकारलाई चुम्न पुग्यौ
एक्कासी आँखा बन्द गर्यौ बेहोसी हुनलाई

आफ्नै स्वार्थसिद्द हेर्यौ आफ्नै मान बचाउदै
अनायसै माथि उठ्यौ बिद्रोह त्यसै दुनलाई

शरीरलाई समाल्दै व्यवस्ता गर्यौ हिरा मोती
लछार्न सारा सत्य अनी हात पार्न सुन्लाई
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
गजल
न त रुन नै सके न त हासे रै बाचे
नचुटाएर भावना न त गासे रै बाचे

हराएका क्षणहरु लुकाएका पलहरु
न त जोगाइ राखे न त मासे रै बाचे

मुटुभित्र टासौ लाग्यो कसैको तस्बिरलाई
न त जलाउनै सके न त टासे रै बाचे

इस्ट मित्र दुनियालाई हासो दिन सकिनलौ
न मन भित्र को व्यथा न त तासे रै बाचे

,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
गजल UMA
संसार भित्र अर्को संसार डल्यो भन्छन किन
मुटु भित्र भयङकर आगो बल्यो भन्छन किन

आँफै देखी डराएर आँफैलाई कुल्चिएर
दु:ख आए भाग्यले छल्यो भन्छन किन

दन्काएर अग्निलाई विस्व भरी फैलाएर
यहाँ सब्को शरीरहरु जल्यो भन्छन किन

आफु मात्र जिउ भन्दै आफ्नै पेट भर्नलाई
मेरो लागि मात्र फल फल्यो भन्छन किन

जन्म मृत्‍यु संसारको नियम हुँदा हुँदै
आत्मा सग काल आइ चल्यो भन्छन किन

Followers