Gajal
दुई थोपा आसु आज झर्यो हृदयमा
दियो कस्ले ठुलो चोट पर्यो हृदयमा
हट्यो आट हिम्मत अनी लुक्यो हासो खुसी
बोल्न खोजेको एक बचन मर्यो हृदयमा
रसाएर आँखाहरु टोलाई मात्र राछन किन
दु:ख पिडा आज बसै सर्यो हृदयमा
च्वास च्वास मुटुभित्र घोचिरहन्छ आजकल
बिझे काडाहरु कस्ले छर्यो हृदयमा
बम बारुजबाट होकी आवाजहरु आइराछ
फेरी कसले बिद्रोह गर्यो हृदयमा
Gajal
आसु बनी टल्किराछन कोमल पतमा शीतहरु
विवस भई लर्बराए जिवनका रीतहरु
यस्तो लाग्छ मेरो लागि हार नै सैय छ
हारेर नै बाँच्न सके किन चाइयो जितहरु
आफु हासी अरुलाई चै रुवाउनको निम्ती
ठीक्क रछन आजभोलि चारैतिर नीतहरु
सुन्य छ चारैतिर थाके क्यार प्राणी सारा
कोइलीको घिट्घिटोमै अड्के क्यार गीतहरु
अली अली मुस्कुराउदै लुकामारी गर्दै थिए
नभेटिने गरेर नै लुकेछन आज हितहरु
एक्लो भए जालभित्र बादल आई छोपीदियो
पागल बनाइ हासीराछन कुन्नी किन प्रितहरु
Gajal
सत्यलाई लुकायौकी मन दन्किदैछ
कोहिलीको रुवाई सगै बन दन्किदैछ
जिन्दगीको कथालाई ओडरभीत्र लुकायौकी
ढुकढुकीसग मुटु झन् झन् दन्कीदैछ
मधुर मुस्कान आवासलाई पाइला मुनी कुल्चियौकी
अन्धकार भित्र नौलो पन दन्कीदैछ
गरीबीलाई बिछ्याएर आसु बनी बग्यौ की त
खुलेर उड्न पाउ भनी धन दन्किदै छ
यन्त्रवत पाइलाहरु विवस भई रोकीएकी
छाती भित्र अनयसै तन दन्किदैछ
Gajal
चर्को स्वर लीई करौउदै थिए, चर्कै स्वरमा कराउछु होला
हराउदै थिए गहिराहिमा, गहिराहिमै हराउछु होला
आँखामा डलमल आसु बग्नलाई आतुर हुँदा
विस्व देखी डराउदै थिए,विस्व देखी नै डराउछु होला
नागबेली बनी बगी, नदी नाला कल्कलाउदा
छराउदै थिए बिचारलाई, बिचारलाई नै छराउछु होला
परेलिमा चाहानाहरु भिज्नलाई ब्यस्त हुँदा
कल्पना मुटुभित्र भराउदै थिए, मुटुभित्र नै भराउछु होला
बिहानिको उज्यालोसगै शितको थोपा डल्मलाउदा
झराउदै थिए रसिएका आसु, आसु नै झराउछु होला
Gajal
ढुङ्गा हुँ म ढुङ्गै बनी बितिराछन रातहरु
Gajal
ढुङ्गा हुँ म ढुङ्गै बनी बितिराछन रातहरु
बोतल सगै जिस्किदैछन अघी अघी मातहरु
मान्छे माथि टेकेर माथि उड्न खोज्दा खोज्दै
अनायसै तल झरी लाचार छन हातहरु
बसन्तका सप्तरङी आवाजलाई कुल्चदै थिए
आदी भेल सगै बगी नजिक आए घातहरु
भमराझै हावासगै वरीपरी नाच्दै थिए
फुलसगै ओेईली झरे बोटबाट पातहरु
पाईला मुनी टेक्दै थिए विस्वासका लहरलाई
एक्कासी आई परे छाती माथि लातहरु
Gajal
म जन्मेको देश उही मात्रीभुमी हिन हुँ म
Gajal
म जन्मेको देश उही मात्रीभुमी हिन हुँ म
डाफे मुनाल बसन्तको हरियाली बिन हुँ म
मन्द मन्द सुस्त सुस्त जन्मभुमी सम्झँदैछु
रातलाई नरोजेर मात्र एउटै दिन हुँ म
परिवर्तनका पाहिलाहरु पर्दा पछी लुकेका छन
सुनका बाला लत्याएर रसाउने रिन हुँ म
बगर बगर डुली डुली दिन रात बिताउछु
च्यान अनी दुनियाँले थुकी हिंड्ने घिन हुँ म
बटुवा झै डुली हजारौको बेवहाँर देखदा
समय मै बद्ली दिने एक एक छिन हुँ म
Gajal
चिसो बतास इस्पर्स गरी घरी घरी सताइरहन्छ
Gajal
चिसो बतास इस्पर्स गरी घरी घरी सताइरहन्छ
प्रकाशको चर्को किरण गिज्याउन आहिरहन्छ
भोको चरी खुल्ला आकाशमा रमाउदै उडी उडी
भोको चरी खुल्ला आकाशमा रमाउदै उडी उडी
बेदनाका गितहरु कुन्नी किन गाहिरहन्छ
फुलमाथी पुतली बसन्तसग नाची नाची
फुलमाथी पुतली बसन्तसग नाची नाची
परैबाट भित्री मुटु कुटुकुटु खहिरहन्छ
गन्तब्यहिन लक्ष्य सधै पर्खालभित्र रोई रोई
गन्तब्यहिन लक्ष्य सधै पर्खालभित्र रोई रोई
खुलम खुल्ला बाँच्ने ईच्छा छीन छीनमा चाहिरहन्छ
लज्जित ढुकढुकी केवल हिम्साबाट लुकिलुकी
लज्जित ढुकढुकी केवल हिम्साबाट लुकिलुकी
बिल्कुलई छुट्टै सपना दिनदिनै उ बनाहिरहन्छ
Gajal
जो हीजो थीए उनलाई खोज्दै छु
Gajal
जो हीजो थीए उनलाई खोज्दै छु
घाम सगै बादल अनी जुनलाई खोज्दै छु
हावा बनी इस्पर्स गर्दै माथि उडी उडी
संसार हेर्न आकाश छुनलाई खोज्दै छु
धनको लोवमा लोविएर दुनीयालाई बीर्सदै
हिरा अनी मोती सगै सुनंलाई खोज्दै छु
लुकी लुकी आतंक मचाउदै डुली डुली
देखावटी बाहिरी शरीर धुनलाई खोज्दै छु
लेखान्त नै जीवन सम्जी हात लम्काउदै
भाग्य लेख्ने भावी हुनलाई खोज्दै छु
Gajal
विछोडीएकी आमा सम्जी रुदै गजल लेखे
Gajal
विछोडीएकी आमा सम्जी रुदै गजल लेखे
धड्की रहेको हृदयलाई छुदै गजल लेखे
तानासाही सरकारले लुटिदियो चाहनाहरु
तानासाही सरकारले लुटिदियो चाहनाहरु
बिद्रोहीबाट आखिर टाडा हुँदै गजल लेखे
कल्पनाको महल टुक्री आशाको दिप निभेपछी
कल्पनाको महल टुक्री आशाको दिप निभेपछी
टुहुरो जिवन लिई भित्र कुदै गजल लेखे
औसीको कालो रातमा म्रीत्युसग लडी कती
औसीको कालो रातमा म्रीत्युसग लडी कती
आँफैभित्र आँफैलाई हराउदै गजल लेखे
Gajal
आदा जिवन नजिउदै काल देखी डर लाग्यो
Gajal
आदा जिवन नजिउदै काल देखी डर लाग्यो
अल्झी पर्ने होकी भनी जाल देखी डर लाग्यो
नाच्दै थिए झस्किएर मौन भाई बस्न चाए
नाच्दै थिए झस्किएर मौन भाई बस्न चाए
गित सगै संगीत अनी ताल देखी डर लाग्यो
नजिक आयो कोही मानिस अर्कै तिर फर्की दिए
नजिक आयो कोही मानिस अर्कै तिर फर्की दिए
बोली बेवहार अनी उसको चाल देखी डर लाग्यो
बिदा दिए पुराना सारा चिजहरुलाई पनि
बिदा दिए पुराना सारा चिजहरुलाई पनि
उजाड ल्याउने होकी नयाँ साल देखी डर लाग्यो
हिउसगै पग्लिएर बग्ने धाक दिदै थिएप
हिउसगै पग्लिएर बग्ने धाक दिदै थिएप
हाडबिच उर्लिआको छाल देखी डर लाग्यो
Gajal
सगै हास्तै सगै खेल्दै रमाएको उही ठाउँ
Gajal
सगै हास्तै सगै खेल्दै रमाएको उही ठाउँ
परिभेश नयाँ छ यहाँ सम्जन्छु म उही गाउ
सुन्सान माहोल चौतारीमा हराएथ्उ एकै गरी
याढ्हरु छ छातीभित्र कल्पदै छु उही नाउ
बसन्तलाई छाडी हाले शीशीर मात्र रएछ यहाँ
बर्तमानलाई केलाउदैछु लाग्या छैन कुनै घाउ
बिल्कुलई नौलो पनमा हराउन बाध्य छु म
लागि रहन्छ घरी घरी फर्की फेरी त्यही आउ
Gajal
डराउन थाले सबै बिसालु भो नजर अनी
Gajal
डराउन थाले सबै बिसालु भो नजर अनी
धेरै धेरै नशा पिए नशालु भो नजर अनी
इस्पर्स गर्दै थिए प्रकाशले मुहारलाई
इस्पर्स गर्दै थिए प्रकाशले मुहारलाई
अली अली मुस्कुराउदै लजालु भो नजर अनी
कोही आयो साथ माग्न रुदै अनी कराउदै
कोही आयो साथ माग्न रुदै अनी कराउदै
आँखा आँखा जुद्न पुगे मायालु भो नजर अनी
साथ माग्न आएको भन्थ्यो, रुन्थ्यो अनी हास्थ्यो
साथ माग्न आएको भन्थ्यो, रुन्थ्यो अनी हास्थ्यो
दोस दिन आएको होकी शङ्खालु भो नजर अनी
लाग्न थाल्यो पत्यार सबैलाई मेरै कुराहरुको नै
लाग्न थाल्यो पत्यार सबैलाई मेरै कुराहरुको नै
चारै तिर ठिक्क पार्न सिपालु भो नजर अनी
Gajal
म्रिगत्रिष्णा अन्जुलीमा कही कतै लुक्दैन
Gajal
म्रिगत्रिष्णा अन्जुलीमा कही कतै लुक्दैन
उविस्वासिला आक्रिती बोकी कही कतै रुक्दैन उ
आस्वासनका बिकल्पलाई मुहार अघी फिजाएर
आस्वासनका बिकल्पलाई मुहार अघी फिजाएर
अस्मिता जोगाउनलाई अलिकती चुक्दैन उ
बेदनाका यादहरुलाई छाती माझ लुकाइ दिन्छ
बेदनाका यादहरुलाई छाती माझ लुकाइ दिन्छ
सास फिर्न गार्हो भए चिच्याएर भुक्दैन उ
अर्थ बिन यात्रीलाई अर्कै बाटो पन्साइ दिन्छ
अर्थ बिन यात्रीलाई अर्कै बाटो पन्साइ दिन्छ
साहारा बिनाको जीवन रोज्छ कुनै बस्तु थुक्दैन उ
निरबिरोध सिरेटोलाई प्रकृतिमा पोतिदीइ
निरबिरोध सिरेटोलाई प्रकृतिमा पोतिदीइ
सुन्सान रोज्छ कोही आघी एकै पटक जुक्दैन उ
Gajal
लुकी लुकी ज्याल्बाट चियाएर गयो बतास
Gajal
लुकी लुकी ज्याल्बाट चियाएर गयो बतास
पइलो इस्पर्स लिन नपाई रिसाएर गयो बतास
इन्द्रेनिको रङलाई बादलभित्र लुकाएर
इन्द्रेनिको रङलाई बादलभित्र लुकाएर
अरु रितु पन्साइ शिशीर फिजाएर गयो बतास
रुखका मुना हल्लाई झरपातलाई गिज्याउदै
रुखका मुना हल्लाई झरपातलाई गिज्याउदै
चर्को घाम पानीलाई मिसाएर गयो बतास
आसुका थोपालाई चुपचाप बग्न वाध्य बनाइ
आसुका थोपालाई चुपचाप बग्न वाध्य बनाइ
पटक पटक परेलिहरु भिजाएर गयो बतास
झुटो याद्ले हृदयमा पोलिरहेको बेला
झुटो याद्ले हृदयमा पोलिरहेको बेला
हरेक पलहरु मुटुमाझ बिसाएर गयो बतास
Gajal
आँखाको नानीभित्र यसै बादल गल्न लाग्यो
Gajal
आँखाको नानीभित्र यसै बादल गल्न लाग्यो
पानीको थोपा डल्मलाई बालुवामा डल्न लाग्यो
बिशाल झरी समातेर अनाएसै रुझी रुझी
बिशाल झरी समातेर अनाएसै रुझी रुझी
ज्योति दिन्छु भनी आँखा एकै छिनमा बल्न लाग्यो
बिहानिको किरण हेरी जुन रोज्छु भन्दा भन्दै
बिहानिको किरण हेरी जुन रोज्छु भन्दा भन्दै
छातीभित्र ढुक्ढुकी रुदै रुदै जल्न लाग्यो
बाटो गल्ली भिर पाखा ढुङ्गा अनी मातो सगै
बाटो गल्ली भिर पाखा ढुङ्गा अनी मातो सगै
कल्कलाउदो पानी पनि सुक्दै सुक्दै चल्न लाग्यो
ओजल भई गुम्सिएर हड्बडाएका पाहिलालाई
ओजल भई गुम्सिएर हड्बडाएका पाहिलालाई
हारै हारमा अल्जिएको जित आई छल्न लाग्यो
Gajal
मरे पनि जित छैन बाचेँ झनै हुन्न
Gajal
मरे पनि जित छैन बाचेँ झनै हुन्न
यो दोसी संसारमा हारे झनै हुन्न
बिदाइको सङ्केत दिई हात हल्लाई हिंडे पछी
बिदाइको सङ्केत दिई हात हल्लाई हिंडे पछी
पल पल सम्झनालाई राखी झनै हुन्न
लजालु आँखा लिई धड्कनलाई चियाएर
लजालु आँखा लिई धड्कनलाई चियाएर
बेहोसिमा कुनै दिल मागे झनै हुन्न
झझल्कोमा अल्झिएर बताससगै मन उडाई
झझल्कोमा अल्झिएर बताससगै मन उडाई
अनेक तरङग सजाएर थाके झनै हुन्न
अजम्बरी चिनारीलाई नजरबाट हटाएर
अजम्बरी चिनारीलाई नजरबाट हटाएर
काल्पनिक अग्निलाई तापे झनै हुन्न
Gajal
हिजो सगै आज पनि देश साँझी रुन्छु क्यार
Gajal
हिजो सगै आज पनि देश साँझी रुन्छु क्यार
देशको ढुङ्गा माटो सगै फेरी लाचार हुन्छु क्यार
आमाको आसुसगै मुहान बनी बग्दा बग्दै
आमाको आसुसगै मुहान बनी बग्दा बग्दै
अथीतका घातहरुलाई हृदयमा बुन्छु क्यार
निर्दोसी फुलका थुगा हारैहारको पासोमा छन
निर्दोसी फुलका थुगा हारैहारको पासोमा छन
हरियाली पन्साएर मरुभुमी दुन्छु क्यार
बिस छरी ध्वास्त पार्ने जिव्हरु सम्झिएर
बिस छरी ध्वास्त पार्ने जिव्हरु सम्झिएर
हासी हासी रोइरहेको ढुक्ढुकीलाई छुन्छु क्यार
देखावटी मोज मस्ती हासोलाई फिजाएर
देखावटी मोज मस्ती हासोलाई फिजाएर
स्वदेशको प्यार बोकी बिदेशमा कुन्छु क्यार
Gajal
आजै गर कामहरु भोली किन चाहियो
Gajal
आजै गर कामहरु भोली किन चाहियो
कलम लेउ महान वन्न गोली किन चाहियो
खुल्ला आकाश मुनी वस्छौ आकाश जत्रै छाती वनाई
शव्द द्वारा संसार जित बोली किन चाहियो
सुद्द आत्मालाई लिई प्यास मेटाउ प्यासिहरु
अनायसै वेवहाँर खोज्ने खोली किन चाहियो
आँखा माझ अटेको छ सारा संसार नै
दुई थोपा आसु बोक्न झोली किन चाहियो
इस्वर हृदयमा अनी सफलता पाईलाई पिछे पाउछौ
विस्व डुल पाईला वडाइ डोली किन चाहियो
Gajal
वसन्तको न्यानो काखमा झुल्न मन लाग्यो
Gajal
वसन्तको न्यानो काखमा झुल्न मन लाग्यो
सप्तरङ्गी फुलसगै फुल्न मन लाग्यो
रित्तो जीवनमा कल्पनाको कथा अङ्गालेर
पुतली झै वरिपरी डुल्न मन लाग्यो
चरिसगै आकाश माथि रमाउदै उडी उडी
आकाश जत्रै छाती बनाइ खुल्न मन लाग्यो
उजाड शिसिर पन्साएर सपनाको महाल सजाइ
पिरतिको कथा भित्र भुल्न मन लाग्यो
Gajal
उकालो चढ ओरालो झरे जित हुन्न
Gajal
उकालो चढ ओरालो झरे जित हुन्न
काडा बिछ्याउ फुल्हरु छरे जित हुन्न
गंगासगै सार मिलाई बग्नु बेकार छ
सत्य जगाउ पेट मात्र भरे जित हुन्न
मुहान सरी फुटाएर हराउन खोज्नेहरु
स्यार्थलाई मात्र पुरा गरे जित हुन्न
दुनियाँको नजरमा विवल बन्छौ किन
शिर डाल वैरीहरुको लरे जित हुन्न
घाम लाग्दा छायालाई साथ साथमा डोर्याएर
वेवारीसे अन्योल्भित्र परे जित हुन्न
शत्रुको गोलीलाई रोक्न खोज्छौ किन
छाती थाप नत्र यसै मरे जित हुन्न
Gajal
हास्छु भन्थे अथीत सम्झी रुन बाध्य छु
Gajal
हास्छु भन्थे अथीत सम्झी रुन बाध्य छु
वियोगी भई तिम्रो तस्बिर छुन बाध्य छु
बाध्यताबस ओडरभित्र भुमरिले छोपिदियो
बाध्यताबस ओडरभित्र भुमरिले छोपिदियो
उज्यालोको प्रतिक सम्झी खोज्न जुन बाध्य छु
बात गर्छन् घरी घरी तिम्रा आवाज हृदयमा
बात गर्छन् घरी घरी तिम्रा आवाज हृदयमा
विवश भई खोज्न सरगमको धुन बाध्य छु
सम्पत्तिको निम्ती लड्ने स्वार्थी छ यो समाज
सम्पत्तिको निम्ती लड्ने स्वार्थी छ यो समाज
समाजको स्वार्थको निम्ती खोज्न सुन बाध्य छु
बिन्ती आसु नखसालिदेउ खोतालिन्छ अझ घाऊ
बिन्ती आसु नखसालिदेउ खोतालिन्छ अझ घाऊ
तिम्रो अघी लाचार भई पराइकी हुन बाध्य छु
Gajal
अन्धकार पर्खालभित्र आँफैलाई नलुकाउ
Gajal
अन्धकार पर्खालभित्र आँफैलाई नलुकाउ
जिउनु अझ बाँकी छ आफ्नो शिर नझुकाउ
प्रतिशोधका भावना तछाड मछाड गर्दै छन
प्रतिशोधका भावना तछाड मछाड गर्दै छन
प्रिथ्वी नै ध्वस्त हुन्छ यसलाई नफुकाउ
देखावटी हासोमा हास्न वाध्य भए पनि
देखावटी हासोमा हास्न वाध्य भए पनि
झर्न देउ ति आसुलाई आँखैभित्र नसुकाउ
आगो माझ मुटुलाई बजारेर आज्ञा गर
आगो माझ मुटुलाई बजारेर आज्ञा गर
अन्योल भित्र घातहरुलाई बेहोसिमा नउकाउ
चिच्यावट स्वरहरु मौन भए के फरक भो
चिच्यावट स्वरहरु मौन भए के फरक भो
अघी तिमी बड्नै पर्छ कुनै मौका नचुकाउ
Gajal
नओईली झरेर नै नफलेर हास्न सके
Gajal
नओईली झरेर नै नफलेर हास्न सके
नअङ्गाली मृत्युलाई नचलेर हास्न सके
पलपल आयौ सपनिमा सताइरयो तिम्रो याद्ले
पलपल आयौ सपनिमा सताइरयो तिम्रो याद्ले
नखोलेर सारा सत्य नछलेर हास्न सके
पोलिमात्र रयो मुटु आगोको राफ आई
नछुटेर आगोबाट नजलेर हास्न सके
लत्याएर आँफैलाई पत्थरसग प्रस्न सोध्दै
ननिभी गए आशाहरु नबलेर हास्न सके
अस्विन कल्पनालाई माटो मुनी छोपिदिई
नमाथी उढेर नै नडलेर हास्न सके
Gajal
चर्को घामको स्पर्समा सित्को कुरा गर्यौ
Gajal
चर्को घामको स्पर्समा सित्को कुरा गर्यौ
घातहरुको बिचमा उभी प्रितको कुरा गर्यौ
गजलका शेरहरु उठाउदै थियौ तिमी
गजलका शेरहरु उठाउदै थियौ तिमी
आदा गजल नटुङ्ग्याउदै गीतको कुरा गर्यौ
आफु हार सुम्पिनलाई पछी पछी सर्दै थियौ
आफु हार सुम्पिनलाई पछी पछी सर्दै थियौ
लम्किएर एकै पाइला जितको कुरा गर्यौ
पाइला पिछे सफलताको कामना लिदै थियौ पहिलो पटक ठेस लाग्दैमा नितको कुरा गर्यौ
द्वन्दबिन बोलिहरु तछाड मछाड गर्दै थिएसमाजको बिचमा उभी रितको कुरा गर्यौ
पाइला पिछे सफलताको कामना लिदै थियौ पहिलो पटक ठेस लाग्दैमा नितको कुरा गर्यौ
द्वन्दबिन बोलिहरु तछाड मछाड गर्दै थिएसमाजको बिचमा उभी रितको कुरा गर्यौ
No comments:
Post a Comment